प्रधानमन्त्री ओली र विश्वकै पहिलो धनी व्यक्ति एलन मस्कबीच भिडियो कुराकानी
काठमाडौं । प्रधानमन्त्री केपी ओली र विश्वकै धनी अमेरिकन नागरिक एलन मस्कबीच सम्वाद भएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत सामाजिक सञ्जाल एक्सका मालिक समेत रहेका व्यवसायी मस्कसँग कुराकानी गरेका हुन् । उनीहरूबीच के विषयमा कुरा भयो केही भनिएको छैन ।
प्रधानमन्त्री ओलीको निजी सचिवालयले ओली र मस्कबीच भिडियो सम्वाद भइरहेको तस्बिर सार्वजनिक गरेको छ ।
मस्क स्पेश एक्स कम्पनीका मालिक पनि हुन् । मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्ने इच्छा देखाइरहेका छन् ।
मस्क विश्वकै धनी व्यक्तिमा पहिलो नम्बरमा पर्छन् । मस्कले अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई चुनावी अभियानमा २० करोड अमेरिकी डलर चन्दा दिएका थिए ।
Published : Friday, 2024 November 22, 9:37 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया