भ्रष्टाचार रोक्न स्वास्थ्य र शिक्षा निःशुल्क बनाउनुपर्छ : मन्त्री खड्गी

भक्तपुर । बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क गर्नु पर्ने बताएकी छिन् ।

शनिबार भक्तपुरमा श्री पद्म माध्यमिक विद्यालयको १०१औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री खड्गीले समाजको भ्रष्टाचारको जड भनेको स्वास्थ्य र शिक्षासँग जोडिएर आउने गरेको बताइन् । उनले आफ्ना बालबालिकालाई महँगो र राम्रो स्थानका पढाउन चाहनु र स्वास्थ्यका लागि भौतारिनु पर्दा पनि भ्रष्टाचार मौलाएको बताइन् ।

यसको निराकरणका लागि बागमती प्रदेशले निःशुल्क शिक्षामा काम गर्दै आएको मन्त्री खड्गीले बताएकी छिन् ।

‘भविष्य निर्धारण गर्ने भनेको कलम किताबले नै हो । सोही कारण यसलाई निःशुल्क बनाउन हामी लागि परेका छौँ’, मन्त्री खड्गीले भनिन् ।

हाल सिक्दै कमाउँदै कार्यक्रम लागू गर्न लागेको समेत उनले बताएकी छिन् । नेपाली विद्यार्थीलाई विदेशिनबाट रोक्न पनि पढ्दै कमाउँदै कार्यक्रमको थालनी गरिएको उनले बताइन् ।

Published : Sunday, 2024 November 24, 8:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया