डिजिटल सवारी अनुमति पत्र नियमन गर्न ई-सेवाद्वारा प्रहरीलाई मोबाइलहरू हस्तान्तरण
काठमाडौं । डिजिटल सवारी चालक अनुमति पत्रको नियमनको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ ।
आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले मोबाइल फोन हस्तान्तरण गरेका हुन् ।
आईजीपी कुँवरले हस्तान्तरण भएका स्रोत साधनहरू डिजिटल चलानको कार्यान्वयनमा अत्यन्तै उपयोगी हुने बताएका छन् ।
यस्ता सहकार्य र समन्वयले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने कुँवरले बताए ।
ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले हस्तान्तरण गरिएका मोबाइलबाट नेपाल प्रहरीले आत्मसाथ गरेको नयाँ प्रविधिलाई सहयोग पुग्ने बताएका छन् ।
आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने खड्काले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया