व्यवसाय दर्ता, नवीकरण, राजस्व बुझाउने प्रक्रिया एकीकृत प्रणालीमा गरौँ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाली कांग्रेसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ढकालले सुधारका लागि पहिलो सन्देश सबै राजनीतिक दलहरूले उद्यमी, व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनुपर्ने बताए ।

उनले सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न नसक्ने बताए । अध्यक्ष ढकालले यदि कुनै ठाउँमा बदमासी छभने त्यसलाई नियन्त्रण गर्न सकिने बताए । समग्र निजी क्षेत्रको मानमर्दन गर्नुको साटो सम्मान गर्नुपर्छ उनले बताए ।

व्यवसाय दर्ता, नवीकरण वा राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्ने महासंघका अध्यक्ष ढकालले बताएका छन् ।

उनले साना उद्यमीलाई परियोजना धितोमा कर्जा दिनुपर्ने आवश्यकता रहेको बताए । महासंघले यसको जोखिम न्यूनीकरण र सञ्चालनका लागि अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको अध्यक्ष ढकालले बताएका छन् ।

ढकालले निजी क्षेत्र रणनीति बनाउन तयार रहेको बताउँदै २०२१ मै यस सम्बन्धी पहिलो प्रतिवेदन सार्वजनिक गरेको बताए ।

महासंघका अध्यक्ष ढकालले विगत दुई वर्षदेखि बजार नियन्त्रणका लागि अपनाइएका नीतिहरूले अर्थतन्त्रमा समस्या सिर्जना गरेको बताएका छन् ।

महासंघले दशैं–तिहार लक्षित सर्वेक्षणबाट गत वर्षको तुलनामा बिक्री ४० प्रतिशतसम्म घटेको देखाएको उनले बताए ।

Published : Sunday, 2024 November 24, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया