ब्यूरोको १० करोडभन्दा धेरै विगोको मुद्दामा चीन र फिलिपिनीहरू कारागार चलान, नेपालीहरू धरौटीमा छुटे
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भौतिक (क्रिप्टो) मुद्रा कारोबार तथा संगठितको अपराधमा संलग्न रही पक्राउ परेका व्यक्तिहरूलाई कारागार चलान गरिएको छ ।
सोमबार ललितपुर जिल्ला अदालतको आदेशमा चिनियाँ नागरिक लिन छिन्जिन र डिङ जियाहोङ तथा फिलिपिनी नागरिक हनिपा सिन्सुआतापायार्तलाई कारागार चलान गरिएको ब्यूरोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ललितपुरको एकतावस्तीस्थित जगदीश उपाध्यायको ३ तले घर भाडामा लिइ कल सेन्टर सञ्चालन भएको थियो । कल सेन्टरमा चिनियाँ र फिलिपिनी नागरिकहरूले नेपाली नागरिकहरूसँग समेत मिलोमतो गरी क्रिप्टो करेन्सीको अबैध कारोबार भएको भन्दै ब्यूरोले भदौ २६ गते छापामारेर उनीहरूलाई पक्राउ गरेको थियो ।
ब्यूरोले चिनियाँ र फिलिपिनी तथा नेपाली नागरिक कमल कँडेलसहित ३६ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो । सोमबार अदालतको आदेशमा चिनियाँ र फिलिपिनी नागरिकहरूलाई मुद्दाको पुर्पक्षको लागि कारागार चलन भएको र अन्य प्रतिवादीहरूलाई धरौटीमा छाड्न आदेश भएको ब्यूरोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ब्यूरोले प्रतिवादीहरूसँग १० करोड ३४ लाख ९३ हजार ५ सय ४९ रुपियाँ ५ पैसा विगो मागदावी गरेको छ । अदालतले चिनियाँ र फिलिपिनी नागरिकहरूलाई कारागार चलान गरे पनि नेपाली नागरिकहरूलाई धरौटीमा छाडेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।
000
प्रेस विज्ञप्ति
“अभौतिक (Crypto) मुद्राकारोबार तथा संगठित अपराध मुद्दा” मा संलग्न व्यक्तिहरु पूर्पक्षको लागि कारागार चलान भएको !!!
विदेशी नागरीकहरुले नेपाली नागरीकहरुको समेत मिलेमतोमाजिल्ला ललितपुर, ललितपुरमहानगरपालिका वडा नं. १३ एकान्तकुना, एकतावस्ती स्थित जगदिश उपाध्यायको तीन तले घर भाडामा लिई Call Centerसंचालन गरी नेपाली युवा युवतीहरु लाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैह्रकानुनी रुपमा काममा लगाई अभौतिक (Crypto) मुद्रा कारोबारगरी रहेको छ भन्नेबिशेष सूचनाको आधारमा यस केन्द्रिय अनुसन्धान ब्यूरोबाट मिति २०८१/०५/२६ गते खटी गएको प्रहरी टोलीले तीन जना विदेशी नागरीकहरु सहित जम्मा ५० जना व्यक्तिहरुलाई Call Centerमा अपराध गर्न प्रयोग गरिएका कम्प्यूटर, मोबाईल लगायतका ईलेक्ट्रोनिक्स उपकरणहरु सहित नियन्त्रणमा लिईएकोमा,प्रारम्भिक अनुसन्धानको क्रममा सो कल सेन्टरबाटHingee, Bumble, Muslima, Inshaaaah, Salam, Muzz, Okcupid, AlkhattbaलगायतकाDating apps हरुमा बिदेशी महिलाको फोटो Profile pictureको रुपमा प्रयोगगरी युरोप, अमेरिका र क्यानडा लगायतका विभिन्न देशहरुकापुरुष ब्यक्तिहरुलाई साथी बनाई घनिष्ट मित्रता कायम गरी Online PlatformHashpackमार्फत Binance, Trust Wallet लगायतका बिभिन्न Digital Wallet हरुमाअमेरिकी डलर जम्मा गरी सो मार्फत गैह्रकानूनीअभौतिक मुद्रा (Crypto Currency)मा लगानी गर्न लगाईसो को कारोबार समेत संचालन गर्ने Call Center को रुपमा कार्य गर्ने गरेको खुल्न आएको । पक्राउ गरिएका विदेशी नागरीक सहितका नेपाली व्यक्तिहरु केही समय अगाडी संयुक्त अरब ईमिरेट्स (Dubai)मा सोही प्रकृतिको कारोबारमा समेत संलग्न भएको अभियोगमा पक्राउ परी सम्बन्धित देशहरुमा फिर्ता (Deport)भएकोमा निजहरुपुन: नेपालमा एकिकृत भई कल सेन्टर खोली अभौतिक मुद्रा (Crypto)को कारोबार गरेको हुँदा “मुलुकी अपराध संहिता, २०७४(संशोधन सहित) परिच्छेद ७ (क) दफा २६२ (क)‘अभौतिक मुद्राको प्रयोग गर्न नहुने र संगठित अपराध निवारण ऐन, २०७०अन्तर्गतको कसुरमामुद्दा दर्ता गरी प्रभावकारी रुपमा अनुसन्धान सम्पन्न पश्चातचिनिया नागरिक LIN QINGJIN, DING JIAHONG र फिलिपिनी नागरिक HANIPA SINSUATAPAYART तथा नेपाली नागरिक कमल कंडेल समेतका ३६ जनालाई प्रतिवादी बनाई निजहरुले कल सेण्टर संचालन गरी गरेको अभौतिक (Crypto) मुद्रा कारोबारको अधिकतम रु. रु.१०,३४,९३,५४९.०५ (अक्षरुपी दशकरोडचौतिसलाखत्रियानब्बेहजारपाचसयउनानपचासरुपैयापाचपैसा)सम्मको विगो मागदावी गरी अदालतमा मुद्दा दायर भएकोमा सम्मानित ललितपुर जिल्ला अदालतको मिति २०८१/०८/०९ गतेको आदेशले चिनिया नागरिक LIN QINGJIN, DING JIAHONG र फिलिपिनी नागरिक HANIPA SINSUATAPAYARTमुद्दाको पूर्पक्षको लागि कारागार चलान भएको र अन्य प्रतिवादीहरुलाई धरौटीमा छाडेको व्यहोरा जानकारीको लागि अनुरोध ।
फेसबुकबाट तपाईको प्रतिक्रिया