सत्य बोलेपछि गगनमाथि कथित भगवानका भेँडाहरू र प्रचण्ड समूहद्वारा हमला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (माओवादी केन्द्र)का नेता, कार्यकर्ता होतधोएर आलोचनामा उत्रिएका छन् ।
महामन्त्री थापाले दुई दिन अगाडि कीर्तिपुरको चुनावी सभामा दिएको अभिव्यक्तिलाई लिएर रास्वपाका नेता, कार्यकर्ताले व्याङ्ग्य गर्नुका साथै ट्रोल बनाइरहेका छन् । थापाले दिएको अभिव्यक्ति रास्वपाका नेता, कार्यकर्तालाई मन परेको छैन । कथित भगवानका सहयोगीले फेसबुकमा भ्रामक कुराहरू राखेपछि थापामाथि आलोचना र ट्रोल बनाउन थालिएको थियो । ती भगवानको सबै हर्ताकर्ता ती कार्यकर्ताले सामाजिक सञ्जालमार्फत भ्रमहरू छरिरहेका छन् । कथित भगवानकै हालतमा ती सहयोग पुग्ने सम्भावना छ ।
थापाले आईटीका विषयमा दिएको अभिव्यक्तिलाई रास्वपाका ‘भेँडा’हरूलाई मन नपरेको हो । ल्यापटपमा प्रविधि र सूचनामा काम गरेर महिनाको २÷३ लाख कमाउन कुरा समान्य हो । कमाइ गर्ने प्रविधि र सूचनामा काम गरेर कमाइ गरिरहेका छन् । प्रविधि र सूचना निर्यात गरेर नेपालीहरूले एक खर्बभन्दा धेरै रकम वार्षिक रुपमा भित्र्याइरहेका छन् ।
कीर्तिपुर भनेको शिक्षाको मन्दिर हो । कीर्तिपुरलाई अझै सुविधा सम्पन्न बनाएर आईटीको हब बनाएर प्रविधि र सूचना निर्यात गरेर अझै राम्रो कमाइ गर्न सकिन्छ । यो कुरा कांग्रेसका महामन्त्री थापाले बुझेरै बोलेका हुन् । थापाले जहिले पनि तथ्याङ्कमा टेकेर बोल्नछन् । थापाले के बुझेका छन् भने सहकारीको रकम अपचलन गरेर, नैतिक आचारणमा बिचलन, अरुलाई जथाभावी गालीगलौज गरेर, मलाई थाहा छैन भनेर, कीर्ते गरेर, विदेशबाट भागेर जनतालाई झुक्काएका छैनन् । थापाले देखेको तथ्यलाई बोलेका हुन् ।
कथित निलो क्रान्ति र भेँडाहरूको जत्थाले महामन्त्री थापाविरुद्ध होइन प्रविधि र सूचनाको क्षेत्रमा अध्ययन गरिरहेका युवा विद्यार्थीमाथि प्रहार गरिरहेका छन् । जसले प्रविधि र सूचना निर्यात गरेर स्वदेशमा करोडौँ भित्र्याइरहेका छन् उनीहरूको रास्वपाका भेँडाहरूले अपमान र अबमूल्यन गरेका छन् ।
रास्वपाका नेता, कार्यकर्तालाई महामन्त्री थापाको कुरा मन पराएनन् । किन भने महामन्त्री थापाले रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी काण्डमा थुनाएको भ्रम पालेर बसेका छन् । लामिछाने पक्राउ पर्नु र कारबाही हुनु त स्वभाविक नै थियो । किन भने लामिछानेले गरेकै त्यस्तै गतिविधि थियो ।
उता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि बरबराइ रहेका छन् । महामन्त्री थापाले कीर्तिपुरको चुनावी सभामा प्रचण्डको हावा खुस्काइदिएपछि माओवादीभित्र खैलाबैला भएको छ । प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा पटक पटक प्रस्ताव गरेको भएकै कारण महामन्त्री थापाले प्रचण्डको हावा खुस्काइदिएका हुन् । सभापति देउवा बचनमा पक्का छन् । देउवाले प्रचण्डको प्रस्ताव अस्वीकार गरेकै कारण कांग्रेस र एमालेबीच बनेको गठबन्धनको सरकार बलियो आधारमा टिकेको छ ।
प्रचण्डले सरकार ढाल्न निकै प्रयत्नहरू गरेका छन् । र, गरेका थिए । प्रचण्डको योजना र षड्यन्त्रलाई महामन्त्री थापाले तथ्यमा टेकेर हावा खुस्काइदिएपछि प्रचण्डको अवस्था हायलकायल बनेको छ । प्रचण्डले के बुझ्न जरुरी छभने थापा नेपाली कांग्रेसको महामन्त्री हुन् । महामन्त्रीलाई केही सूचना त पक्कै छ । महामन्त्री थापाले कीर्तिपुरको सभामा अभिव्यक्ति दिने बेला सभापति देउवासँग परामर्श गरेकै हुनुपर्छ । देउवाको ग्रिन सिग्नलपछि प्रचण्डको हर्कत कीर्तिपुरमा पोखिएको मात्रै हो ।
प्रचण्ड र उनको पार्टीका नेताहरू महामन्त्री थापाविरुद्ध बरबराइ रहने हो भने अझै धेरै कुरा खुस्किन सक्छन् । प्रचण्ड र माओवादीका नेताहरू खुम्चिएर बसेकै बेस हुन्छ । अहिलेको सरकार कमजोर धरातल निर्माण भएको होइन । सभापति देउवाले सबै नेताहरूको परामर्श र विश्वास जितेर अहिले सरकार र पार्टी चलाइरहेका छन् । महामन्त्री थापा कमजोर राजनीतिक खेलाडी होइनन् । थापालाई कुनै संकट वा समस्या आयो भने सभापति देउवा चुप लागेर बस्ने छैनन् । प्रचण्ड र कथित निलो क्रान्तिवालाहरूले बुझ्न जरुरी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया