कांग्रेसको भ्रातृ संस्था थारु संघ दाङद्वारा कार्यसम्पादन समिति गठन
घोराही । नेपाल थारु संघ जिल्ला कार्यसमिति दाङले कार्यसम्पादन समिति बनाउनुका साथै सदस्यहरू थप गर्ने निर्णय गरेको छ ।
घोराहीमा रहेको नेपाली कांग्रेस दाङको कार्यालयमा शनिबार बसेको संघको कार्यसमिति बैठकले कार्य सम्पादन समितिको संयोजक समेत ८ सदस्यीय समिति बनाउने निर्णय गरेको संघका अध्यक्ष शेषदत्त चौधरीले बताए ।
बैठकले जिल्ला कार्यसमितिमा थप १० जना सदस्यहरू मनोनयन गरेको छ । कार्यसमितिका सदस्यहरूलाई पदीय जिम्मेवारी दिने निर्णय पनि भएको छ । संघको सूचना तथा प्रचार प्रसार गर्नका लागि सचिव राजेश चौधरीलाई जिम्मेवारी दिइएको छ ।
थारू साहित्यकार तथा बद्धिजीवी लक्ष्मीमान चौधरीलाई संघको सल्लाहकारको रुपमा मनोनयन गरिएको अध्यक्ष चौधरीले बताए ।
२०८१ साल मंसिर महिनाभित्र गठन गर्न बाँकी रहेका तदर्थ समितिहरू गठन गरी सक्ने सर्वसम्मत निर्णय भएको अध्यक्ष चौधरीले बताए । दाङको क्षेत्र नं. २ (१) को संयोजकमा घोराही उपमहनगरपालिका वडा नं. १७ का चिल्लु चौधरीलाई तोकिएको छ ।
बैठकमा नेपाली कांग्रेस थारु विभागका केन्द्रीय सदस्य हल्लुप्रसाद चौधरी, महासमिति सदस्य पृथ्वी चौधरी, केन्द्रीय सदस्य धनीराम चौधरी, थारु संघको जिल्ला सदस्यहरू, क्षेत्रीय अध्यक्षहरू, प्रदेश अध्यक्षहरू, गाउँपालिकाका अध्यक्षहरू समेतको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया