डीआईजीपी कार्कीद्वारा तालिम केन्द्र बुटवल र कपिलवस्तु प्रहरीको निरीक्षण

बुटवल । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले लुम्बिनी प्रदेश प्रहरी, प्रहरी तालिम केन्द्र, बुटवलको निरीक्षण गरेका छन् ।

बिहीबार डीआईजीपी कार्कीले तालिम केन्द्रको निरीक्षण र मातहतलाई निर्देशन दिएका हुन् । डीआईजीपी कार्कीले तालिम केन्द्र बुटवल कार्यालयको विभिन्न शाखाहरूको निरीक्षण पनि गरेका छन् ।

तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको समग्र वस्तुस्थितिको बारेमा प्रस्तुतीकरण गरेका छन् ।

प्रहरी नायव महानिरीक्षक कार्कीले प्रहरी संगठनको उद्देश्य र मर्मअनुरुप तोकिएको जिम्मेवारी त्रुटिरहित सम्पन्न गर्नका लागि कार्यरत प्रहरी कर्मचारीहरू तथा प्रशिक्षार्थीलाई आवश्यक निर्देशन समेत सम्बोधन गरेको प्रेस नोटमा उल्लेख छ ।

यसैबीच, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कार्की जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको निरीक्षण गरेका छन् ।

कपिलवस्तुमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी तथा मातहत कार्यालयका युनिट ईन्चार्जहरूलाई डीआईजीपी कार्कीले आफ्नो निर्देशन दिएका छन् ।

कार्कीले उत्कृष्ट कार्य गर्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुका कार्यालय प्रमुख प्रहरी निरीक्षक बीरबहादुर सुनारलाई मंसिर महिनाको उत्कृष्ट प्रहरी तथा प्रशंसा पत्र प्रदान गरेका छन् ।

Published : Friday, 2024 December 20, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया