डीआईजीपी कार्कीद्वारा गोरुसिङ्गेका ईन्स्पेक्टरलाई उत्कृष्ट प्रहरीको प्रशंसा पत्र प्रदान
गोरुसिङ्गे । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले उत्कृष्ट काम गर्ने प्रहरी निरीक्षक वीरबहादुर सुनारलाई पुरस्कृत गरेका छन् ।
शनिबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको निरीक्षण भ्रमणको शिलसिलामा डीआईजीपी कार्कीले इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनारलाई मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै पुरस्कृत गरेका हुन् ।
लुम्बिनी प्रहरी प्रदेश प्रमुख कार्कीले ईन्स्पेक्टर सुनारलाई प्रशंसा पत्र प्रदान गरेका छन् । कपिलवस्तु जिल्ला निकै सम्वेदनशील मानिन्छ । अन्य इलाका प्रहरी कार्यालयहरूको कार्यसम्पादनलाई उछिनेर ईन्स्पेक्टर सुनरले उत्कृष्ट काम गर्न सफल भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया