एआईजीपीद्वय सिंह र बाेहरालाई पदस्थापना
काठमाडौं । सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गरी पदस्थापना गरेकाे छ ।
सरकारले सिंहलाई प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग र बाेहरालाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा उनीहरूलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।
एआइजीपीमा बढुवा भएका बाेहरा अवकासमा छिटै जाने छन् । अवकासमा जान लागेका बाेहरालाई सरकारले उद्वार गरेको छ ।
Published : Sunday, 2024 December 22, 8:14 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया