रविसंगै माओवादी नेताका छाेराविरुद्व पनि मुद्दा दर्ता
काठमाडौं । सहकारी ठषी काण्डमा जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले माओवादी नेता समेत रहेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई पनि प्रतिवादी बनाएकाे छ ।
आइतबार दीपेशले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपियाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोप मुद्दामा लगाइएको छ ।
दीपेशले सहकारीको बचतकर्ताहरूलाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने समेतका कार्यबाट छोटो समयमा ठूलो रकम बचत संकलन गरी गैर कानूनी लाभ लिने गरेको जिल्ला वकिलको कार्यालयमा दायर भएको मुद्दामा उल्लेख छ ।
दीपेशले श्रीमती सविना आले मगरलाई सञ्चालक समितिमा राखी आफू अनुकूल बनाउनका लागि सोही अनुसारको सञ्चालक समितिबाट निर्णय गराएको पनि सरकारील वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ ।
यही सहकारी ठगी प्रकरणमा जोडिएका गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक गितेन्द्रबाबु राई, रास्वपा सभापति रवि लामिछाने, तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशी लगायत ६३ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया