रविकाे सहकारी काण्ड सेलाउन नपाउँदै काठमाडौंमा वडाध्यक्ष पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दर्ता भएकै बेला सहकारी ठगीकाे आरोपमा काठमाडौंमा वडाध्यक्ष पक्राउ परेका छन् ।

साेमबार चन्द्रागिरि नगरपालिका–१२ का वडा अध्यक्ष नुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले महर्जनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

Published : Monday, 2024 December 23, 7:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया