थाइल्यान्ड र म्यानमारमा मानव तस्करी बढेपछि परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एडभाइजरी जारी
काठमाडौं । मानव बेचबिखनकाे जाेखिम बढेपछि सरकारले थाइल्यान्ड र म्यानमारमा जाने नेपालीका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।
साेमवार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर वैदेशिक रोजगारीमा लगाइदिने प्रलोभन देखाएर नेपालीहरूलाई त्यहाँ पुर्याई गैरकानूनी रूपमा काम लगाएको पाइएपछि ट्राभल एडभाइजरीकाे बारेमा जानकारी गराइएकाे छ ।
अनलाइन जुवा, कल सेन्टर फ्रड, क्रिप्टो करेन्सी ठगी आदिमा संलग्न शंकास्पद आइटी फर्महरूले बैंककमा रोजगारीका अवसरहरूको प्रलोभन देखाई युवाहरूलाई ठगी गरिरहेको र पीडितहरुलाई गैरकानूनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यानमार ल्याई बन्दी बनाएर काम गर्न लगाइएको पाइएको एवं थाइल्याण्ड र म्यानमारमा रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत विभिन्न स्थानका एजेन्टहरूद्वारा प्रस्तावित हुने भएकाले त्यस्ता सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य स्रोतहरूमा प्रचार गरिएका नक्कली जागिरको प्रलोभनमा नपर्न आग्रह गरिएको छ ।
ती दुई देशबाट गैरकानूनी कार्यबढ्न थालेपछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गम्भीर चासाे र चिन्ता लिएकी छिन् । उनले विदेशमा नेपालीहरूलाई हुने समस्याका बारेमा मातहतलाई सचेत गराउँदै आएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया