टीएचआरकाे उपचार सम्पन्न गरि परराष्ट्रमन्त्री डा.राणा स्वदेश फिर्ता
काठमाडौं । उपचारका लागि भारत भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् ।
साेमबार परराष्ट्रमन्त्री डा.राणा स्वदेश फर्किएकि हुन् । दिल्लीमा रहँदा उनले आफ्नो स्वास्थ्य परीक्षा गराउनुका साथै केही कार्यक्रममा सहभागिता जनाएकी थिइन् ।
मंसिर २२ गते युरोप प्रस्थान गरेकी परराष्ट्रमन्त्री डा.राणा त्यतैबाट भारत भ्रमणमा गएकी थिइन् । उनी भारतको नयाँ दिल्ली हुँदै काठमाडौं अवतरण गरेकी हुन् ।
यसअघि, परराष्ट्रमन्त्री डा.राणा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएकि छिन् । उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारतको नयाँ दिल्ली पुगेकी थिइन् । डा.राणाले शनिबार र आइतबार एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छिन् ।
स्वास्थ्य परीक्षणका लागि डा.राणा नयाँ दिल्ली गएकी हुन् । उनकाे यस पटक कुनै औपचारिक भेटघाटको कार्यक्रम रहेको थिएन ।
शुक्रबार भने परराष्ट्रमन्त्री डा.राणाले भारतको नयाँ दिल्लीमा आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधन गरेकी छिन् । सम्बोधनमा उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेकी छिन् ।
मन्त्री डा.राणाले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग पनि सहयोगको अपेक्षा गरिएको भन्दै भारतीय एयरलाइन्स अपरेटरहरूसँग थप उडानका लागि आग्रह पनि गरेकी छिन् । उनले नेपाल भारत आर्थिक सम्बन्धको विस्तृत चर्चा गर्दै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन् ।
यसअघि मन्त्री डा राणा गत मङ्सिर २२ मा युरोपतर्फ लाग्नुभएको थियो । उहाँको यो भ्रमणको मुख्य उद्देश्य नेदरल्याण्डको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय माग गर्नु रहेको थियो ।
परराष्ट्रमन्त्री डा.राणाले जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट मंसिर २४ गते हेगकाे अदालतमा कुरा उठाएकी थिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया