परराष्ट्रमन्त्री डा.राणाद्वारा चिसापानी–राजकाँडामा केबलकारको शिलान्यास
चिसापानी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिमको चिसापानी राजकाँडामा केबलकारको शिलान्यास गरेकी छिन् ।
शनिबार डा.राणाले कैलालीको चिसापानीदेखि राजकाँडासम्म सञ्चालन हुने गरी निर्माण हुन लागेको केबुलबारको शिलान्यास गरेकी हुन् । उनले केबुलकार सञ्चालनका लागि सरकारले सक्दो सहयोगको वातावरण बनाउने बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले सुदूरपश्चिमकै प्रवेशद्वारमा ठूलो लगानीका साथ केबुलकार सञ्चालन हुन खोजेकाले सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताएकी छिन् ।
उनले यति ठूलो लगानीमा केबुलकार बन्ने अवस्था सिर्जना हुनुले सबै सुदूपश्चिमबासी बधाईको पात्र भएको बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा. राणाले केबुलकारका लागि लगानी आयो अब लगानीकर्ताले अन्य क्षेत्रमा पनि लगानी ल्याउने विश्वास पनि व्यक्त गरेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले चिसापानी–गड्डाचौकीसम्म ६ लेनको सडक बन्ने पनि बताएकी छिन् । व्यवसायीलाई लगानी गर्न प्रेरित गर्न सरकारले के–के ऐन, कानून परिवर्तन गर्नुपर्छ त्यसका लागि सरकार तयारी गरिरहेको डा.राणाले बताएकी छिन् ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले केबुलकार निर्माणले सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने बताएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले केबुलकार निर्माणमा सफलता पाउने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कैलालीका व्यवसायी सूर्यबहादुर थापा समूहले जालपादेवी केवुलकार सञ्चालन गर्न थालेको हो ।
सञ्चालक थापाका अनुसार लम्बाइ तीन दशमलब एक किलोमिटर लामो रहने केवुलकारको यात्रा अवधी दश मिनेटको रहनेछ ।
केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेगरी डिपिआर निर्माण भएको छ । केबुलकारको निर्माण गर्न सात अर्ब रुपियाँ लगानी हुने अनुमान गरिएको छ ।
केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाशधाम लगायतका धार्मिकस्थल, हात्तीढुङ्गा लगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ ।
निर्माण समूहले केबलकारबाट हुने कुल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने प्रतिवद्धता गरेको छ ।
केबुलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एकसय बेड क्षमताका होटल र सभाहल निर्माण गरिनेछ । केबलकारको बटम स्टेशन कर्णाली चिसापानीमा रहने जनाइएको छ ।
केवलकार सञ्चालनले सुदूरपश्चिमको पर्यटन विकाससँगै आर्थिक उपार्जनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया