छोटी भन्सार नाकाहरू खोल्न भारतसँग पहल गरिदिन परराष्ट्रमन्त्री डा.राणासँग अनुरोध
नेपालगन्ज । परराष्ट्रमन्त्री डा.आरजु राणाले बर्दियालगायत विभिन्न सीमावर्ती जिल्लाका नाकाहरूमा देखिएका समस्या समाधान हुने बताएकी छिन् ।
आइतबार बर्दियामा डा.राणाले नेपाल–भारतको नाकामा रहेका छोटी भन्सारहरू खुलाउने विषयमा आफूले पहल गर्ने बताएकी हुन् । उनले जनप्रतिनिधिहरूले छोटो भन्सारहरू खुलाउने महत्वपूर्ण विषय उठाएको बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणासँग बर्दियाको ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिकाका प्रमुख तथा जनप्रतिनिधिले छोटी भन्सार नाकाहरू खुलाउन भारतसँग विशेष पहल गर्न आग्रह गरेका थिए ।
परराष्ट्रमन्त्री डा.राणाले विकास निर्माणका योजनाका लागि ठूलो रकम आवश्यक पर्ने देखिएको बताएकी छिन् । उनले सरकारसँग बजेट थोरै रहेकाले समय लाग्ने गरेको बताइन् ।
बर्दियाका जनप्रतिनिधिहरूले भुरीगाउँ, तेलपानी हुँदै सुर्खेत सडक निर्माणको आयोजनाबारे डा.राणासँग जिज्ञासा राखेका थिए । विश्व बैंक र एशियाली विकास बैंकका विकास आयोजनाहरू बर्दिया ल्याउन आफूले पहल गर्ने डा.राणाले बताइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया