राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाद्वारा भारतका पूर्वप्रधानमन्त्री स्व.सिंहप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
सोमबार काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासमा पुगी स्व.सिंहको स्मृतिमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै पूर्वमन्त्री समेत रहेका थापाले सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
सल्लाहकार थापाले स्व.सिंहप्रति श्रद्धाञ्जलि अर्पण गरेको जनाएका छ । थापाले शोक पुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री डा.सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्र रहेको बताएका छन् ।
शोक पुस्तिकामा थापाले स्व.सिंहले नेपालमा लोकतन्त्र र विकासका लागि सधैँ सहयोग गरेको स्मरण गरेका छन् ।
स्व.सिंहले तत्कालीन समयमा नेपाललाई गरेको सहयोग र समर्थनका कारण सधैँ नेपाली जनताको स्मृतिमा रहने नेता थापाले बताएका छन् ।
कांग्रेस नेता थापाले स्व.सिंहको निधनले नेपालले आफ्ना एक सच्चा मित्र तथा शुभचिन्तक गुमाएको पनि बताएका छन् ।
भारतीय पूर्वप्रधानमन्त्री डा.सिंहको उपचारका क्रममा गत बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया