दक्षिण कोरियाकाे नाममा ठगी गर्ने ओमप्रकाश ठमेलबाट पक्राउ

काठमाडौं । रकम ठगी गरेको अभियोगमा रूपन्देहीको सैनामैना नगरपालिका–११ घर भई काठमाडौंको ठमेल बस्ने २९ वर्षीय ओमप्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
ओमप्रकाशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १६ लाख ९२ हजार रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई आइतबार ठमेलबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
ओमप्रकाशलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
Published : Monday, 2024 December 30, 5:00 pm
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया