न्युयोर्कमा राष्ट्रिय मेलमिपाल दिवसको अवसरमा कार्यक्रम

न्युयोर्क । नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाले न्यूयोर्कमा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कार्यक्रम आयोजना गरेको छ ।

सोमबार न्युयोर्कमा भएको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले राष्ट्रिय मेलमिलापको नीति विकास राजनीति र समाज रुपान्तरणमा सधैं सहयोगी हुने बताए ।

उनले मुलुक समृद्धिका लागि विदेशमा आर्जन गरेको सीप, पुँजी र प्रविधिको आवश्यकताबारे चर्चा गरे ।

अमेरिकामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरूको नेपाली नागरिकता सम्बन्धमा प्रष्ट नीति नेपाल सरकारबाट आउनुपर्ने माग गरेको कांग्रेसले जनाएको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टको सभापतित्वमा भएको छ ।

कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समीरजङ्ग शाह, कांग्रेस महासमिति सदस्य कान्छा लामालगायतले प्रवासी नेपालीहरूको नागरिकताका साथै अन्य समस्या उठान गर्दै समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

Published : Monday, 2024 December 30, 6:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया