प्रचण्डकाे प्रतिशाेधमा परेका राजदूत शर्माले नयाँ दिल्लीमा कार्यभार सम्हाले
काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले जिम्मेवारी सम्हालेका छन् ।
शर्माले भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यभार सम्हालेका हुन् । शर्मा दोस्रो कार्यकालका लागि राजदूत बनेका छन् ।
राजदूत शर्मालाई दूतावासका कर्मचारीहरूले स्वागत गरेका छन् । सरकारले शर्मालाई दोस्रो पटकका लागि भारतको राजदूतमा पठाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पुस ३ गते शर्मालाई भारतका लागि नेपाली राजदूत नियुक्त गरेका थिए । शर्मा २०७८ चैतदेखि २०८१ असारसम्म भारतमा राजदूत थिए ।
चार वर्षे कार्यकाल पूरा नहुँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत जेठ अन्तिममा शर्मासहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।
कांग्रेस–एमालेको सरकार बनेपछि शर्मालाई साउन १४ मा पुनः भारतका लागि राजदूत सिफारिस गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया