सभापति देउवाद्वारा कांग्रेसको स्वास्थ्य विभागमा सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विभागका प्रमुख डा. चन्द्रमोहन यादवको सिफारिसमा सभापति देउवाले १० जना सदस्यहरू मनोनयन गरेका हुन् ।
विभागको सदस्यमा मनोनयन हुनेहरूमा डा.लक्ष्मीराज पाठक (कैलाली), डा.मुक्तिराम श्रेष्ठ (अर्घाखाँची), डा.अनिलकुमार झा (सप्तरी), डा.सुमन कर्माचार्य (रामेछाप) डा.सुशीलनाथ प्याकुरेल (ललितपुर) रहेका छन् ।
श्यामचन्द्र यादव (धनुषा), ईश्वर कार्की (झापा), विष्णुप्रसाद भट्टराई (स्याङ्जा), पूजा फुयाल (सोलुखुम्बु) र वुधिसरा सुनुवार (सुर्खेत) पनि विभागको सदस्यमा मनोनयन भएका छन् ।
Published : Tuesday, 2024 December 31, 11:49 am
फेसबुकबाट तपाईको प्रतिक्रिया