निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त हुँदैन : डा.शशांक कोइराला
भरतपुर । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताएका छन् ।
मंगलबार भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै डा.कोइरालाले भने, ‘२०८४ मा आम निर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ ।’
डा.कोइरालाले निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने पनि बताए । उनले भने, ‘आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्छ ।’
१५औं महाधिवेशन २०८४ को आमचुनावपछि गरे पनि हुने उनले बताएका छन् । डा.कोइरालाले आमचुनावको मुखमा महाधिवेशन गर्न नहुने बताएका छन् ।
कांग्रेसले २०७८ मंसिरमा १४औं महाधिवेशन गरेकोले २०८२ मंसिरमा १५औं महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया