संसदीय समितिहरूको बैठकमा गणपूरक संख्या नपुग्ने समस्या भएपछि उपसमिति गठन
काठमाडौं । प्रतिनिधि सभाका समितिहरूको बैठक गणपूरक संख्या नपुगेर प्रभावित हुन थालेपछि संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन भएको छ ।
पूर्वाधार विकास समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिमा कांग्रेसबाट दिनेश यादव, एमालेबाट ठाकुर गैरे, माओवादीबाट माधव सापकोटा, रास्वपनबाट निशा डाँगी र राप्रपाबाट बिना लामा सदस्य छन् ।
माओवादी उपमहासचिव शक्ति बस्नेतले क्यालेन्डर नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित भएको भन्दै समितिको प्रभावकारिताका लागि क्यालेन्डर बनाउन प्रस्ताव गरेका थिए ।
समितिका अन्य सदस्यले पनि सहमति जनाएपछि दलीय आधारमा उपसमिति बनाइएको छ । उपसमितिले क्यालण्डेरको प्रस्ताव बनाउनेछ ।
Published : Tuesday, 2024 December 31, 5:45 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया