सेवानिवृत्त एआईजी र डीआईजीहरूको प्रहरी हेडक्वारटमा विदाइ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई विदाइ गरेका छन् ।

मंगलबार नक्सालस्थित प्रहरी हेडक्वाटरमा आयोजित कार्यक्रममा आईजीपी कुँवरले अवकास प्राप्त एआईजीपी किरण बज्राचार्य, भीमप्रसाद ढकाल, केदार ढकाल र भरतबहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकासराज खनाल र डा.देउती गुरूङलाई विदाइ गरेका हुन् ।

कुँवरले सेवानिवृत्त भएका प्रहरी प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भीमप्रसाद ढकाल, केदार ढकाल र भरतबहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकासराज खनाल र डा.देउती गुरूङलाई मायाको चिनो प्रदान गरेका छन् ।

विक्रम संवत् २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेकी प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य पुस १६ गते, २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल मंसिर २८ गते, २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक केदार ढकाल मंसिर २२ गते र प्रहरी अतिरिक्त महानिरीक्षक भरतबहादुर बोहरा पुस १४ गते सेवानिवृत्त भएका हुन् ।

२०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी नायव महानिरीक्षक विकासराज खनाल वैशाख ७ गते र २०५१ पुस १५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी नायव महानिरीक्षक डा.देउती गुरूङ पुस १५ गते सेवानिवृत्त भएका हुन् ।

Published : Tuesday, 2024 December 31, 6:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया