विवादास्पद मेडिकल व्यवसायी डाउन, लामाे समय जाने भएपछि गल्ती स्वीकारे
काठमाडौं । हिरासतमा रहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं लामो समय फस्ने भएपछि बयान फेरेर साईजमा आएका छन् ।
प्रसाईंले नक्कली कीर्ते कागजपत्र बनाइ प्रधानमन्त्री केपी ओलीको चरित्रमा दाग लगाएर चरित्र हत्या गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, भोटाहिटीले अदालतबाट अनुमति लिएर पक्राउ गरेको थियो । हिरासतबाट बाहिर आउन प्रसाईं बन्दी प्रत्यक्षीकरणको निबेदन लिएर सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले प्रसाईंलाई छाड्न अस्वीकार गरिदिएको थियो । छुट्ने प्रयास चारैतिरबाट बाटो बन्द भएपछि प्रसाईंले ह्वाइट एपबाट आएको कागजपत्रको विश्वास गर्दा आफू फसेको बयान प्रहरीमा दिएको स्रोतले जनाएको छ ।
प्रहरीले सरकारी वकिलको रोहबरमा प्रसाईंसंग बयान लिएको छ । बयानका क्रममा प्रसाईंले ह्वाट्सएपमा आएको कागज प्रमाणीकरण नगरी बाहिर ल्याउनु कमजोरी भएको जनाएको स्रोतले उल्लेख गरेको छ ।
प्रसाईंले ती कागजहरू फर्जी नै भएको जनाएको प्रहरी स्रोतको दाबी छ । प्रसाईंले मंसिर ३ गते युट्युबरहरूलाई बोलाएर प्रधानमन्त्री ओलीविरुद्ध जथाभावी बोलेका थिए । प्रसाईंले कम्बोडियास्थित स्मार्ट एक्जिअटा कम्पनीमा ओलीको लगानी रहेको दाबी गरेका थिए । उनले ओलीविरुद्व प्रमाण रहेको भन्दै केही कागज सार्वजनिक गरेका थिए ।
प्रसाईंले सार्वजनिक गरेका कागजपत्रको प्रहरीले जाँच गरेको थियोे । प्रारम्भीक जाँचमा प्रसाईंका कागज फर्जी रहेको भेटिएको थियोे । अनि ब्यूरोले प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै पक्राउ परेको थिया ।
पत्रकार सम्मेलनमा प्रसाईंले प्रधानमन्त्री ओलीको प्रमाण ल्याउनलाई १ करोड ११ लाख खर्च गरेको बताएका थिए ।प्रसाईंले कथित सूचना खरिद गर्न त्यो रकम पठाएको खुलेमा प्रहरीले थप अनुसन्धान गर्नेछ ।
प्रसाईंले कीर्ते कागजपत्रहरू सार्वजनिक गरेपछि प्रेस काउन्सिल नेपालले पनि अनुगमन र अनुसन्धान गरेको थियो । कीर्ते कागजपत्रविरुद्व काउन्सिलले कारबाही सुरु गरेको थियो ।
उता, प्रहरीले प्रसाईंविरुद्ध आपराधिक लाभ लिन नहुने कसूरमा पनि अनुसन्धान थालेको छ । भारतको आछामबाट प्रसाईंका सहयोगी ३६ वर्षीय नवीन प्रधान भनिने हरिचन्द्र फुयाँल पक्राउ परेसँगै उनीमाथि आपराधिक लाभ लिन नहुने कसूरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
फुयाँलले आफूलाई भारतीय आपराधिक समूहका नाईके लरेन्स विश्नोइको सदस्य रहेको र दुर्गा प्रसाईंको निर्देशनमा धम्काउने गरेको बताएका थिए । त्यसपछि सोही घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हरिचन्द्रलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया