कांग्रेसका बागीले एमालेबाट खोसे वडाध्यक्ष पद

दमक । नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका लक्ष्मीप्रसाद ओलीले झापाको कन्काई नगरपालिका–६ मा वडाध्यक्ष पदमा जितेका छन् ।

आइतबार सार्वजनिक भएको उपनिर्वाचनको नतिजाअनुसार स्वतन्त्र उम्मेदवार ओलीले ४ सय ९३ मत प्राप्त गरी विजयी भएका हुन् ।

ओलीले चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका थिए ।

निर्वाचनमा एमालेका तुलाराम बस्नेतले ३ सय ५६ मत पाएका छन् । बस्नेत निकटतम प्रतिद्वन्द्वी रहेका थिए । नेपाली कांग्रेसका रामगोपाल ओलीले ३ सय १७ मत पाएका छन् । माओवादी केन्द्रका गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघि २०७९ सालमा भएको निर्वाचनमा एमालेका दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित भएका थिए ।

Published : Monday, 2024 December 2, 8:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया