एमालेका घिमिरेसँग सभामुख पदबाट राजीनाको माग

काठमाडौं । सभामुख देवराज घिमिरेले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्न नसकेको भन्दै जनमत पार्टीले राजीनामा माग गरेको छ ।

सोमबार विज्ञप्ति जारी गरेर जनमतले सभामुख घिमिरेले समानुपातिक सांसद गोमा लाभलाई सापकोटालाई कारबाहीका लागि सिफारिस गर्दा समेत संरक्षण गरेर राखेको आरोप लगाएको छ । जनमतले आफ्नी समानुपातिक सांसद सापकोटालाई पटक–पटक कारबाहीका लागि सिफारिस गरेको भए पनि संघीय संसद् सचिवालयले कारबाही नगरे जनाएको छ ।

जनमत पार्टीले घिमिरेले जिम्मेवारी अनुसार काम गर्न नसकेको भन्दै सभामुखको पदबाट राजीनामा माग गरेको छ । जनमत पार्टीले सभामुख घिमिरे अमूक पार्टीको कार्यकर्ता बनेर काम गरेको आरोप लगाएको छ ।

विज्ञप्तिमा जनमत पार्टीले भनेको छ, ‘सभामुखले कुनै पार्टी विशेषको कार्यकर्ता बनी आफ्नो अधिकार क्षेत्रभन्दा धेरै बाहिर गएर गैरकानूनी, गैरसंवैधानिक र बदुहलीय, संसदीय तथा लोकतन्त्रमाथि नै आँच आपराधिक कार्य गर्नुभएको छ ।’

जनमतले सांसद लाभले पार्टी फुटाउनेसम्मको कार्य गर्न खोजेकाले साधारण सदस्यसमेन नरहने गरी कारबाही गरेको छ । एमालेका सांसद समेत रहेका सभामुख घिमिरेले जनमत पार्टीको निर्णय र आग्रहलाई बेवास्ता गर्दै असहयोग गरिरहेका छन् । सभामुख घिमिरेले जनमतकी समानुपातिक सांसद सापकोटालाई संरक्षण गरेर राखेपछि विभिन्न खालका प्रश्न उठेका छन् ।

सभामुख घिमिरेमाथि यसअघि पनि विभिन्न खालका प्रश्न उठेका छन् । घिमिरेले सभामुख पदको गरिमा बचाउन नसकेको आरोप लागेका बेला जनमत पार्टीले पनि गम्भीर प्रश्न उठाउँदै राजीनामा नै माग गरेको छ ।

Published : Monday, 2024 December 2, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया