आईजीपी कुँवरद्वारा ७ डीआईजीपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आठ जना प्रहरी नायब महानिरीक्षक (डीआईजीपी)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सोमबार प्रहरी हेडक्वाटर नक्सालमा आयोजित कार्यक्रममा आईजीपी कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
आठ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।
प्रहरी नायव महानिरीक्षकहरूमा ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक रहेका छन् ।
आईजीपी कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया