लुम्बिनीमा वैशाख १२ गतेदेखि चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव हुने

लुम्बिनी । लुम्बिनीलाई विश्वभरि प्रवर्द्धन गर्ने उद्देश्यले आगामी वैशाख १२ देखि १४ गतेसम्म लुम्बिनीमा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ ।

नेपाल र चीनबीचको पारस्परिक समझदारी सम्बन्धलाई थप सुमधुर बनाउँदै सांस्कृतिक सुदृढीकरणका लागि सम्मेलन हुने लागेको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामाले बताए ।

लुम्बिनी विकास कोष, सारिपुत्र फाउन्डेसन, चाइना कल्चर प्रमोशन सोसाइटी, वर्ल्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड, युङ्जाउ सुलेख र चित्रकला एकेडेमी, चोङ्क्यियुङ हायुन सांस्कृतिक शिक्षा प्रतिष्ठानबीच सम्झदारी कायम गर्दै चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव हुन लागेको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताएका छन् ।

सयभन्दा धेरै राष्ट्रहरूबाट बौद्ध धर्मका विद्वान् तथा धार्मिक गुरुहरू र अनुनायीहरू सहभागी हुने कार्यक्रममा तीन दिन चल्नेछ ।

Published : Tuesday, 2024 December 3, 10:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया