डा.लामाद्वारा उपनिर्वाचनमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई दिए बधाइ
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डा.ल्यारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले स्थानीय तहको उपनिर्वाचनमा विजयी भएका माओवादीका उम्मेदवारहरूलाई बधाइ दिएका छन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष समेत रहेका माओवादीका केन्द्रीय सदस्य डा.लामाले माओवादीका उम्मेदवारहरूलाई मतदान गरी विजयी बनाउने मतदाताहरूप्रति पनि आभार प्रकट गरेका छन् ।
मंगलबार प्रेस नोट जारी गरेर डा.लामाले भने, ‘नेकपा (माओवादी केन्द्र)लाई मतदाताहरूले माया गर्नुभएको छ । उहाँहरूको लोकप्रिय मतले गर्दा स्थानीय तहको उपनिर्वाचनमा माओवादी केन्द्र दोस्रो बन्न सफल भएको छ । लोकप्रिय मत पाएका छौँ ।’
माओवादी केन्द्रबाट ग्रामथान गाउँपालिका मोरङको अध्यक्षमा नमोनारायण माझी, नगलगाड नगरपालिका, जाजरकोटको उपमेयरमा देवका लामिछाने, सर्केगाड गाउँपालिका, हुम्लाको उपाध्यक्षमा देवकी तिमिल्सिना र पुथा उत्तरगंगा गाउँपालिका रुकुम पूर्वको उपाध्यक्षमा नरपुरा बुढा विजयी भएका छन् ।
वडाध्यक्षहरूमा कृष्ण घिमिरे ककनी गाउँपालिका २ नुवाकोट, नवीनकुमार वान्तवा राई त्रियुगा नगरपालिका १२ उदयपुर, सुनिल कापर केवट धनुषाधाम नगरपालिका १ धनुषा, विष्णुबहादुर मगर गोरखा नगरपालिका १, नरबहादुर झाक्री त्रिपुरासुन्दरी नगरपालिका ५ डोल्पा, भरत घिमिरे बेलका नगरपालिका ९ उदयपुर र जगत घर्ती पुथा उत्तरगंगा गाउँपािलका २ रुकुम पूर्व रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया