सिन्धुपाल्चोक एमालेका स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, मोहन बस्नेतद्वारा स्वागत
बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेकपा (एमाले) परित्याग गरेका स्थानीय नेताहरूलाई पार्टी सदस्यता प्रदान गरेका छन् ।
बिहीबार सिन्धुपाल्चोक एमालेका स्थानीय नेता, कार्यकर्ताहरू पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशी एमालेका स्थानीय नेता, कार्यकर्ताहरूलाई नेता बस्नेतले कांग्रेसको सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराएका छन् ।
कांग्रेस प्रवेश गर्नेहरूमा बाह्रबिसे नगरपालिका वडा नं. ९ राम्चेका नारनबहादुर पौडेल, हीराबहादुर तिमल्सिना, रामकाजी पौडेल र बाह्रबिसे नगरपालिका वडा नं. ८ जम्बु निवासी शान्तमायाँ माझी, आइतमान माझी, संगीता माझी, विष्णुकुमारी अधिकारी माझी, सुकुमायाँ माझी, मंगलबहादुर माझी, सन्ते माझी र बाह्रबिसे नगरपालिका वडा नं.२ बाट संगीता कुइँकेल खड्का, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ पिस्कर (हाल जम्बु) निवासी रवि श्रेष्ठ रहेको नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति एवम् बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताएका छन् ।
राम्चे निवासी नारन पौडेल २०५४ सालमा एमालेबाट वडाध्यक्ष रहेका थिए । स्थानीय निर्वाचनमा बाह्रबिसे नगरपालिका वडा नं. ८ जम्बु निवासी शान्तमायाँ माझी एमालेबाट वडा सदस्यकी प्रत्यासी रहेकी थिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया