नेपाल भ्रमणमा भुटानका राजा वाङचुक, परराष्ट्रमन्त्री डा.राणाद्वारा स्वागत
काठमाडौं । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा काठमाडौं आइपुगेका छन् ।
शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानका राजा वाङचुकलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत गरेकी छिन् । वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन पनि गरेका छन् ।
भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् ।
यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी उनलाई स्वागत गरेका थिए ।
स्वयम्भूनाथमा करिब आधा घण्टा रहेका भुटानी राजा वाङचुकले स्वयम्भूनाथ परिसरबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गरेका थिए ।
भारतबाट स्वदेश फर्कने क्रममा वाङचुक काठमाडौं आएका हुन् । उनी शुक्रबार नै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया