बौद्ध धर्मगुरु रिन्पोछेद्वारा लुम्बिनीका अति विपन्नलाई खाद्यान्न र आर्थिक सहयोग
लुम्बिनी । बौद्ध धर्म गुरु चोकी न्यामा रिन्पोछेले अति विपन्न र असाहयहरूलाई आर्थिक र खाद्यान्न सहयोग गरेका छन् ।
बिहीबार लुम्बिनीमा रहेको पाल थुब्तेन शेड्रुब लिंग गुम्बाको उद्घाटन समारोहको शुभ अवसरमा धर्मगुरु रिन्पोछेले सहयोग गरेका हुन् । रिन्पोछेले सामाजिक संस्था शेन्पेनमार्फत अति विपन्नलाई ४ हजारदेखि २ सय रुपियाँसम्म नगद र खाद्यान्न उपलब्ध गराएर आशीर्वाद दिएको प्रेस नोटमा उल्लेख छ ।
धर्मगुरु रिन्पोछेले यस्तै सहयोग बौद्धमा ४५० जनालाई पनि प्रदान गरिसकेका छन् । यसबाहेक शेन्पेनले वृद्धहरूको हेरचाह गर्न समर्पित वृद्धाश्रम रिमा सेवा समाजलाई पौष्टिक खाना र आर्थिक सहयोग पनि उपलब्ध गराएको छ । काठमाडौंको रानीवनको मानव सेवा आश्रमलाई पनि सहयोग गरिएको छ ।
धर्मगुरु रिन्पोछे काठमाडौंको बौद्धस्थित रामहिटीमा रहेको सेतोगुम्बामा बस्दै आएका छन् । उनले बौद्ध धर्मसम्बन्धी ज्ञान सोही स्थानबाट बाँढ्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया