भोजपुर भेलामा सहभागी हुन तरुणहरूलाई केन्द्रबाट निर्देशन, अध्यक्ष गुरुङ सहभागी हुने
काठमाडौं । नेपाल तरुण दलले कोशी प्रदेशबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई भोजपुरमा हुने भेलामा उपस्थिति हुन निर्देशन दिएको छ ।
तरुण दल केन्द्रीय कार्यालयका मुख्यसचिव ठानप्रसाद पोखरेलले विज्ञप्ति जारी गरेर तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ प्रमुख अतिथिका रुपमा उपस्थित हुने कार्यक्रममा सहभागी हुन तरुणहरूलाई सूचित गरेका हुन् ।
भोजपुरमा मंसिर २९ र ३० गते दुई दिनसम्म कार्यक्रम हुनेछ । भेलामा केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूबीच आपसी सद्भाव, भ्रातृत्व र संगठनको विकासमा मौलिक विचारहरू आदान प्रदान हुनेछ ।
Published : Friday, 2024 December 6, 10:33 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया