सार्क स्थापनाको मर्म अनुसार अगाडि जानुपर्छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सार्क स्थापनाको मर्म अनुसार अगाडि जानुपर्ने बताएकी छिन् ।

सार्क स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै डा.राणाले सामूहिक चुनौती सामना गर्न सामूहिक ऐक्यवद्दता हुनुपर्ने र सार्क क्षेत्रका जनताको जीवनस्तर सुधार्नुपर्ने बताएकी हुन् ।

सन् १९८५ डिसेम्बर ८ मा बङ्गलादेशको राजधानी ढाकामा तयार भएको बडापत्रको आधारमा सार्क स्थापना भएको थियो । सार्क स्थापनाको दुई सालपछि सन १९८७ जनवरी १७ मा सार्क मुख्यालय काठमाडौंमा स्थापना भएको थियो ।

सन २०१४ मा काठमाडौंमा भएको १८औं सार्क शिखर सम्मेलनपछि अरु शिखर सम्मेलन भएको छैन । १९औं शिखर सम्मेलन पाकिस्तानमा हुने तय भएको थियो । विभिन्न कारणले सम्मेलन हुन सकेको छैन ।

Published : Sunday, 2024 December 8, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया