शिक्षक संघका पूर्वअध्यक्ष ज्ञवालीको निधनप्रति कांग्रेसद्वारा गहिराे शाेक व्यक्त
काठमाडौं । नेपाली कांग्रेसले नेपाल शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष मोहन ज्ञवालीको निधनप्रति गहिरो दु:ख व्यक्त गरेको छ ।
ज्ञवालीको मंसिर १४ गते निधन भएको थियोे । उनको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको शोक वक्तव्यमा उल्लेख छ । स्वर्गीय ज्ञवाली नेपाल शिक्षक संघ कास्कीको पूर्व जिल्ला अध्यक्ष, नेपाल शिक्षक संघको पूर्व केन्द्रीय महासचिव, नेपाल शिक्षक युनियनका संस्थापक महासचिव, सार्क शिक्षक महासंघको एक कार्यकाल अध्यक्ष तथा नेपाल शिक्षक संघको दुई कार्यकाल केन्द्रीय अध्यक्ष रहेका थिए ।
वि.सं. २०२२ असोज २ गते जन्मिएका स्वर्गीय ज्ञवालीले नेपाली कांग्रेस र नेपाल शिक्षक संघको संगठन निर्माण, नेपालको लोकतान्त्रिक आन्दोलन तथा शैक्षिक क्षेत्रको विकासका लागि सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक कुशल र अनुभवी शिक्षाविदलाई गुमाएको कांग्रेसले जनाएको छ ।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छा् । ज्ञवालीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै देउवाले आत्माको चीर शान्तिको कामना गरेका छन् । सभापति देउवाले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया