ठगका अभियुक्त रवि लामिछानेबारे प्रहरीले बाहिर ल्यायो तथ्य कुरा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले विगत केही दिन यता विभिन्न सामाजिक सञ्जालमा अनुसन्धानको क्रममा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हिरासत कक्षमा दुर्व्यवहार गरेको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार चितवन प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक भेषराज रिजालले विज्ञप्ति जारी गरेर लामिछानेलाई मंसिर २० गते कास्की प्रहरीमा उपस्थित गराउने क्रममा प्रहरी कर्मचारीले राति सुतेको बेलामा रिासत कक्षबाट उठाएको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सहकारी ठगका अभियुक्त लामिछानेका भाडाका केही मानिसहरूले हिरासतमा अमानवीय व्यवहार भएको भन्दै बबाल गरिरहेका बेला प्रहरीले सत्य र तथ्य कुरा बाहिर ल्याइदिएको छ । प्रहरीको भनाइसँग लामिछाने र उनका भाडाका ट्टुहरू तनाबमा परेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण प्रकरणमा लामो समय हिरासतमा बस्नु परेपछि र कारबाही हुने पक्का जस्तै हुन थालेपछि लामिछाने र उनको गिरोह तनाबमा परेको छ । त्यसपछि विभिन्न फण्डाहरू गरिरहेको छ ।

‘विगत केही दिन यता सामाजिक सञ्जालमा अनुसन्धानको क्रममा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा यस कार्यालयमा ल्याइएकोमा बयान कार्य सकिए पश्चिात मंसिर २१ गते जिल्ला प्रहरी कार्यालय कास्की, पोखरामा उपस्थित गराउने क्रममा नेपाल प्रहरीका कर्मचारीले राति सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरीका कर्मचारीले मादक पर्था सेवन गरेको भन्ने जस्ता भ्रामक, झुठ्ठा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, चितवनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

डीएसपी रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मंसिर १९ गते जिल्ला सरकारी वकिल कार्यालयमा बयान कार्य भइरहेको अवस्थामा अनुसन्धान कार्य बिथोल्ने मनसायबाट भीडले प्रहरीमाथि ढुंगा मुढा प्रहार गर्ने, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला सरकारी वकिल कार्यालयमा भीड प्रवेश गर्न खोज्ने लगायतको कार्य समेत भएको, मौसम हवाई उडानका लागि प्रतिकूल रहेकोले हवाई उडानबाट लैजान सक्ने अवस्था नरहेको, तत्काल प्राप्त सूचनाको विश्लेषण गर्दा भीडबाट निजको सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको र मुद्दा अनुसन्धानका लागि सीमित हद म्याद रहेको विषय समेतलाई मध्यनगर गरी मंसिर १९ गते २१ बजेर ३० मिटनको समयमा सरकारी वकिल कार्यालय, चितवनमा बयान कार्य समेत सकिए पश्चात जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासत कक्षमा पनि नलगी आफन्त भेटघाट कक्षमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफन्त तथा शुभचिन्तकहरूसँग भेटघाट वार्तालाप गरीसके पश्चात भेटघाट कक्षबाटै मंसिर २० गते बिहान ५ बजेको समयमा नेपालको प्रचलित कानून बमोजिम नै सुरक्षा सतर्कता अपनाई जिम्मेवार प्रहरी अधिकृत प्रहरी नायव उपरीक्षकको कमाण्डमा चितवनबाट सुरक्षित रुपमा लगी जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित गराइएकोले माथि उल्लेखित तथ्यहीन, भ्रामक एवम् झठ्ठा समाचारहरूबाट जनमानस गलत सूचना सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न गराउनु हुन अनुरोध गरिएको छ ।’

‘नेपालको संविधान एवम् प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण र मानवअधिकारको उच्च सम्मान गर्दै तथ्य एवम् प्रमाणमुखी अनुसनधान गर्न जिल्ला प्रहरी कार्यालय, चतिवन सदैव प्रतिवद्ध रहेको अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले भनेको छ, ‘त्यसैले कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुराहरूलाई सम्प्रेषण नगरी, सही सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गरीदिनु हुन सम्पूर्ण जिल्ला प्रहरी कार्यालय, चितवन हार्दिक अनुरोध गर्दछ ।’

Published : Monday, 2024 December 9, 3:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया