सभापति देउवाद्वारा भ्रातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिहरू गठन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाहरूको महाधिवेशन चैत्र महिनाभित्र सम्पन्न गराउनका लागि निर्देशन समितिहरू गठन गरेका छन् ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सभापति देउवाले भ्रातृ संस्थाहरूको अधिवेशन तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन समितिहरू गठन गरेका हुन् ।
नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघको महाधिवेशन २०८१ चैत्र मसान्सम्म अनिवार्य गर्न विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोगका लागि महाधिवेशन केन्द्रीय निर्देशन समिति बनाएको विज्ञप्तिमा उल्लेख छ ।
सहमहामन्त्री जीवन परियारलाई नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकको जिम्मेवारी दिइएको छ । समितिको सदस्यहरूमा केन्द्रीय सदस्यद्वय लक्ष्मी परियार र शान्ति परियार विक रहेका छन् ।
कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महत नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा तोकिएका छन् । समितिको सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र रुक्मिणी कोइराला रहेका छन् ।
नेपाल किसान महासंघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा रमेश रिजाल रहेका छन् । समितिको सदस्यमा केन्द्रीय सदस्यद्वय राजेन्द्रकुमार केसी र अञ्जनी श्रेष्ठ रहेका छन् ।
नेपाल भूतपूर्व सैनिक संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद संयोजक रहेको विज्ञप्तिमा उल्लेख छ । समितिको सदस्यमा केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ र महेन्द्रकुमारी लिम्बू रहेका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मोहनबहादुर बस्नेत रहेका छन् । सदस्यमा केन्द्रीय सदस्यद्वय उमेशजंग रायमाझी र गणेश लामा रहेका छन् ।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मधु आचार्यलाई जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ । सदस्यमा केन्द्रीय सदस्यद्वय सरस्वती बजिमय र मदनकृष्ण श्रेष्ठ रहेका छन् ।
नेपाल थारू संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा केन्द्रीय सदस्य उदयशम्शेर राणा रहेका छन् । सदस्यमा केन्द्रीय सदस्यद्वय डा. गोपाल दहित र योगेन्द्र चौधरी रहेका छन् ।
नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा प्रा.डा. गोविन्दराज पोखरेललाई जिम्मेवारी दिइएको छ । समितिको सदस्यमा केन्द्रीय सदस्यद्वय मुक्ताकुमारी यादव र कान्तिका सैजुवाल रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया