भारतीय राष्ट्रपतिद्वारा नयाँ दिल्लीमा प्रधानसेनापति सिग्देललाई मानार्थ महारथीको दर्ज्यानी प्रदान
नयाँदिल्ली । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छिन् ।
बिहीबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानसेनापति सिग्देललाई राष्ट्रपति मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन् ।
नेपाल–भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रही आएको छ ।
प्रधानसेनापति सिग्देलले बिहीबार भारतका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेटवार्ता गरेको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानसेनापति सिग्देलले थल सेना भवन परिसरमा वृक्षारोपण समेत गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया