लरेन्स विश्नोईकाे ग्याङसँग कनेक्सन जोडिएपछि विवादास्पद व्यापारी पक्राउ
काठमाडौं । भारतीय आपराधिक समूहका नाइके लरेन्स विश्नोईसँग कनेक्सन देखिएपछि बिबादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
बिहीबार काठमाडौंबाट प्रहरीले प्रसाईंलाई पक्राउ गरेको जनाएको छ । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसूरमा धरौटी बुझाएर निस्किना साथ प्रसाईंलाई जिल्ला अदालत काठमाडौंको परिसरबाटै प्रहरीले पक्राउ गरेको हो ।
प्रसाईंमाथि आपराधिक लाभ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ । प्रसाईंलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजालसले ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए ।
जिल्ला अदालतको आदेश अनुसार ४० हजार धरौटी बुझाएर निस्कनासाथ प्रसाईं पक्राउ परेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया