दश डीआईजीपीहरूको सरुवा, ८ जनाको पदस्थापना, लुम्बिनीमा कार्की, मधेशमा लालमणि
काठमाडौं । गृह मन्त्रालयले दश जना प्रहरी नायब महानिरीक्षक (डीआईजीपी)हरूको सुरुवा र ८ जना डीआईजीपीहरूको पदस्थापना गरेको छ ।
बिहीबार गृह मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट डीआईजीपीहरूको सरुवा र पदस्थापना गरिएको सूचनामा उल्लेख छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा डीआईजीपी दानबहादुर कार्कीको सरुवा भएको छ । लुम्बिनीका डीआईजीपी कुबेर कडायतको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ । लुम्बिनी प्रहरी प्रमुखमा सरुवा भएका डीआईजीपी कार्की नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता रहेका थिए ।
डीआईजीपी दुर्गा सिंहलाई गण्डकी प्रदेशबाट प्रदेश समन्वय विभाग नक्सालमा सरुवा गरिएको छ । लुम्बिनीका डीआईजीपी कुबेर कडायतलाई प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा सरुवा भएको छ । रविन्द्र केसीको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा सरुवा भएको छ । चन्द्रकुबेर खापुङको केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा सरुवा भएको छ ।
जनक भट्टराईको कर्णाली प्रहरी कार्यालय सुर्खेतमा सरुवा भएको छ । लालमणि आचार्यको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा भएको छ । अर्जुनचन्द ठकुरीको अपराध अनुसन्धान निर्देशनालय नक्सालमा सरुवा भएको छ ।
मनोजकुमार केसीको प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा भएको छ । राजन अधिकारीको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएको छ ।
एसएसपीबाट डीआईजीपीमा हालै बढुवा भएका डम्बरबहदाुर बिकको साईबर ब्यूरो भोटाहिटी हाल प्रधान कार्यालय कार्य विभागमा काजसहित पदस्थापना भएको छ । हिमालयकुमार श्रेष्ठको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नक्सालमा पदस्थाना भएको छ । उमाप्रसाद चतुरबेदीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा पदस्थापना भएको छ । सुशीलसिंह राठौरको प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा पदस्थाना भएको छ ।
सिद्धिबिक्रम शाहको प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो नक्सामा पदस्थापना भएको छ । गणेश चन्दको सुदूरपश्चिम प्रदेश कार्याल धनगढीमा पदस्थापना भएको छ । भोलाबहादुर रावलको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पदस्थापना भएको छ । ध्रुबराज राउतको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया