पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिनेछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उधौंली पर्व, योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाको शुभकामना दिएका छन् ।

आइतबार शुभकामना सन्देश दिँदै सभापति देउवाले भने, ‘किराँतहरूको उधौंली पर्व, ज्यापु समुदायको महत्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

उनले भने, ‘सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट सस्कति र परम्परा रहेका छन् ।’

‘सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको छ’, उनले भने, ‘यी पर्वहरूले नेपाली समाजमा सद्भावना बढाउदै आएको छ ।’

सभापति देउवाले भने, ‘यी पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु र यी महत्वपूर्ण पर्वहरूका अवसरमा सबैमा पुनः शुभकामना व्यक्त गर्दछु ।’

Published : Sunday, 2024 December 15, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया