पौडेल र पोखरेलबीच असहज अवस्था, एमालेभित्र बबण्डर

काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको सम्बन्धमा निके ठूलो खाडलको संकेत देखिएको छ ।

पौडेल र पोखरेलबीच राम्रोसँग बोलचाल समेत हुन छाडेको चर्चा हुन थालेको छ । काम पर्दा मात्रै पौडेल र पोखरेलले औपचारिक रुपमा सामान्य कुराकानी गरे पनि सहज रुपमा भेटघाट हुन छाडेको छ ।

ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा शनिबार र आइतबारका लागि भएका कार्यक्रममा सहभागी भएका उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबीच राम्रोसँग बोलचाल नै नभएको एक नेताले बताए ।

मञ्चमा एउटै सोफामा बसेका उपाध्यक्ष पौडेल र महासचिव पोखरेल निकै असहज अवस्थामा देखिएका छन् । पौडेल एकातिर फर्किएका छन् । पोखरेल अर्कोतिर मोडिएका छन् ।

उनीहरूको बसाइँबाटै पौडेल र पोखरेलबीच तिक्ततापूर्ण सम्बन्ध छभन्ने विश्लेषण भएका छन् । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले महासचिव पोखरेललाई अलिक नजिक च्यापेर राखेका छन् । उपाध्यक्ष एवं अर्थमन्त्री पौडेललाई ओलीले केही पर राखेका छन् ।

२÷३ वर्षदेखि एमालेमा महासचिव पोखरेलको निकै ठूलो दब्दवा छ । पोखरेल हाबी भएपछि पौडेललाई ठूलो झट्का लागेको छ । सरकारमा अर्थमन्त्री रहे पनि पौडेल निरिह छन् । अर्थमन्त्री पौडेललाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले असहयोग गरेको चर्चा समेत चलेका छन् ।

Published : Sunday, 2024 December 15, 1:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया