सहकारी ठगका अभियुक्त रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ताको तयारी
काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ताको तयारी भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध मुद्दा दर्ताको तयारी भएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाउनेछ ।
गीतेन्द्रबाबु राई (जीवी)को समूहले सञ्चालन गरेको स्वर्णलक्ष्मी सहकारीको ठगीमा प्रहरीले ४४ जनाको संलग्नता भेटाएको छ । संगठित अपराध मुद्दामा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउन लागेको छ ।
स्वर्णलक्ष्मी सहकारीबाट पनि गोर्खा मिडियामा गैरकानूनी रूपमा पैसा गएको थियो । पैसा खर्च गर्ने भूमिकामा लामिछानेसमेत रहेको अनुसन्धानबाट खुलेको छ । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरीले अनुसन्धान गरेको छ । लामिछानेविरुद्ध सोही तीन वटा विषयमा मुद्दा दर्ताको तयारी भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया