गुफाडाँडामा जलवायु सम्मेलन, मुख्यमन्त्री लामाद्वारा उद्घाटन

मेलम्ची । सिन्धुपाल्चोकको गुफाडाँडामा जलवायु सम्मेलन – २०८१ सम्पन्न भएको छ ।

‘मेलम्ची नगर समृद्धिको आधार कृषि, पर्यटन,उद्योग र जलाधार’ भन्ने नारासहित बुधबार सम्मेलन सम्पन्न भएको हो । सम्मेलनको बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका हुन् ।

विकसित राष्ट्रले उत्सर्जन गरेको कार्वनले नेपाल जस्तो मुलुक पीडित हुन परेकाले ती राष्ट्र बाट क्षतिपूर्ति पाउनु पर्ने, गुफाडाडाँमा २०७५ सालमा पहिलो पटक भएको जलवायु सम्मेलनको दिनलाई राष्ट्रिय जलवायु दिवशको मान्यता दिइनु पर्ने, गुफा डाँडालाई जलवायु अध्ययन केन्द्रको रुपमा विकास गर्नु पर्ने लगायतका विविध बिषयहरुको उठान गर्दै हरेक बर्ष मेलम्ची नगरपालिकाले जलवायु सम्मेलन गर्दै आएको छ ।

मुख्यमन्त्री लामाले विकसित देशहरूले विकासको नाममा जथाभावी गर्नाले पृथ्वीमा बिनाश निम्तिएको बताए ।

उद्योग, कलकारखाना, सडक निर्माण लगायतका बिकासका कामहरु गर्दा अनिवार्य रुपमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएता पनि ती कुराहरू कागजमा सीमित हुने गरेको बताए ।

सम्मेलनमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, बागमती प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री सरदचन्द्र लामिछाने, वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, एमालेका नेता शेरवहादुर तामाङ, प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ, कांग्रेस नेता निमा लामा, ईन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, पूर्वअध्यक्ष वंशलाल तामाङ, एमाले नेता बालकृष्ण देउजा, कृष्णगोपाल तामाङ लगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2025 January 2, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया