यी हुन सरकारद्वारा बढुवा सिफारिसमा परेका सहसचिवहरू

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बढुवा समितिको सचिवालयले १८ जनालाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

बिहीबार समितिले योग्यताक्रमका आधारमा उम्मेदवारलाई बढुवाका लागि सिफारिस गरेको छ ।

सूचीअनुसार सहसचिवमा प्रेमप्रसाद लुइँटेल, रामदत्त पाण्डेय, लक्ष्मण ढकाल, विनिता भट्टराई, दिलकुमार तामाङ, लक्ष्मी पाण्डेय गौतम, मनिता श्रेष्ठ, लोकबहादुर सुनार, जगदीश्वर उपाध्याय, नारद गौतम बढुवा सिफारिसमा परेका छन् ।

निर्मल ढकाल, वीरेन्द्रकुमार मिश्र, राजेन्द्रकुमार हमाल, इन्द्रप्रसाद बस्याल, शिवप्रसाद चौधरी, दीव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाही पनि बढुवाका लागि सिफारिस भएका छन् ।

सरकारले उपसचिवबाट उनीहरू सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । उनीहरूलाई छिटै पदस्थापना गरिनेछ ।

Published : Friday, 2025 January 3, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया