राप्ती– ३ मा कृषि हाट बजार सञ्चालन, किसान र स्थानीयलाई सहज

मसुरिया । दाङको देउखुरी उपत्यकास्थित राप्ती गाउँपालिका वडा नं. ३ मा कृषि हाट बजार सञ्चालनमा आएका छ ।

हाट बजार शुक्रबारदेखि सञ्चालनमा आएको वडा नम्बर ३ का वडाध्यक्ष उमेश अधिकारीले बताए । वडाबासीसहित गाउँपालिकाका अग्रजहरूको सहयोगमा कृषि हाट बजार सञ्चानमा आएको अधिकारीले बताए ।

वडाध्यक्ष अधिकारीले कृषि हाट बजार सञ्चालनमा ल्याउन गृहकार्य गरेका थिए । हाट बजार सञ्चालनमा आएपछि वडा नं. ३ सहित आसपासका स्थानीयलाई किनमेल गर्न सहयोग हुनेछ ।

कृषि हाट बजार वडा नं. ३ को श्रीचौर मैदानमा प्रत्येक शुक्रबार हाट बजार लाग्नेछ । वडाध्यक्ष अधिकारीले भने, ‘लुम्बिनी प्रदेशको राजधानी रहेको वडा नं. ३ मा कृषि हाट बजार सञ्चालनमा आएपछि । स्थानीय कृषकहरूको उत्पादनले पनि बजार पाउनेछ । यो वडामा बसोबास गर्ने जनताले पनि किनमेल गर्ने अवसर पाउनेछन् । आसवासका वडाहरूका जनता र किसानलाई पनि फाइदा हुनेछ ।’

कृषि हाट बजार स्थापना गर्नको लागि वडाध्यक्ष अधिकारीले नेपाली कांग्रेसका नेता दुर्योधन पाण्डेको अध्यक्षतामा ‘हाट बजार समिति’ गठन गरेका थिए । पाण्डेले हाट बजार सञ्चालनमा ल्याउन आन्तरिक गृहकार्य गरेका थिए ।

कृषि हाट बजारमा स्थानीय तरकारी, फलफूल, खाद्यान्न लगायत राखिनेछ । हाट बजारमा पसल राख्नका लागि वडाले टहरा पनि बनाइदिएको छ ।

Published : Saturday, 2025 January 4, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया