महासंघको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन

काठमाडौं । मनोजबाबु श्रेष्ठ नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा चयन भएका छन् ।

शनिबार काठमाडौंमा सम्पन्न तेस्रो अधिवेशनमा श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । कार्यसमिति १०१ सदस्यीय रहेको छ । महासंघ नेपालका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था हो ।

महासंघको वरिष्ठ उपाध्यक्ष दुई जना कमल अग्रवाल र हरि गौतम र प्रथम उपाध्यक्षमा दुई जना लक्ष्मी खड्का र हरि पाण्डे चयन भएका छन् ।

दुई महिलासहित १३ उपाध्यक्षमा क्रमशः गणेशकुमार न्यौपाने, गोरखबहादुर थापा, कुसुम महर्जन, दीपकचन्द्र प्रधान, रामप्रसाद अवाल, जयकृष्ण शर्मा, प्रावती पौडेल भट्ट, धिरेन्द्र रिजाल, मिलन श्रेष्ठ, शिवप्रसाद ढकाल, सागर शाक्य, रामकुमार तिमिल्सिना र लेखनाथ पौडेल चयन भएका छन् ।

महासचिवमा नवीन लुइँटेल, उपमहासचिवमा रामकुमार पण्डित, नारायणप्रसाद न्यौपाने र नवराज भण्डारी, कोषाध्यक्षमा हिमलाल खराल, सहकोषाध्यक्षमा यमुना श्रेष्ठ र राजमनि भट्टराई र त्रिलोचन सुवेदी चयन भएका छन् । किशोरकुमार गौतम, केदार न्यौपाने लगायत सात सचिवमा चयन भएका छन् ।

Published : Sunday, 2025 January 5, 10:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया