मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल, रास्वपाबाट निस्काशनमा परेका महामन्त्री
सम्झानामा असार ०७ र १७, २०७९
अहिले पार्टीमा हाली मुहाली गर्नेहरूलाई असार ०७ र असार १७, २०७९ मा के भएको थियो, त्यो पनि थाहा छैन होला । जोखिम बेहोर्यौँ हामीले, मिहिनेत गर्यौँ हामीले, बुद्धि बगायौँ हामीले, पैसा खन्यायौँ हामीले तर आज…
रवि दाइ भन्नु हुन्थ्यो, ‘मुकुलको शैली फरक होला, तर सत्य बोल्छ । उसको कुरा सिरियसली लिनपर्छ । मुकुलले जे बोल्छ, पार्टी र देशका लागि बोल्छ । तर, केहि शैलीगत समस्या छन्, विस्तारै सुधार हुँदै जान्छ, मैले बुझेको छु, म तपाईंहरूलाई बुझाउँछु, चिन्ता नलिनु ।’
यी कुराहरू रवि दाइले मसँग मात्र होइन, केन्द्रीय समितिमा गर्नु भएको छ, पार्टीका स्थानीयदेखि केन्द्रसम्मका सबै नेतासँग वन टू वन कुरामा पनि यहि भन्नुहुन्थ्यो ।
तर, देश सानो टिमले बन्दैन । ठूलो टिम चाहिन्छ । अझ टिममा देशको अर्थतन्त्र बुझेको दरिलो साथी चाहिन्छ । त्यहि सोँचेर, हामीले केहि साथीहरू भित्रायौँ तर, समयक्रमले तिनीहरूलाई जे कुराका लागि ल्याएका थियौँ, सोच्यौँ देशका लागि बोल्छन्, जनताका लागि बोल्छन्, विज्ञ छन्, देश बनाउने केहि फर्मुला निकाल्छन् । तर, हामी गलत सावित भयौँ, आएकै दिनबाट राजनीति गर्न शुरू गरेँ ।
राजनीतिक खेल यति साह्रो खेलिसकिएको रहेछ की, मुकुलको कुरा म बुझ्छु भन्ने रवि दाइलाई, ‘दाइ, अब यस्तो तालले जेल जानुहुन्छ’ भनेर खबरदारी गर्दा, रवि दाइले पनि मेरो कुरा बुझ्न छोडिसक्नु भएछ । दाइलाई घेराबन्दीमा पारिसकेछन् । मुकुलले सत्य बोल्छ, बुझ्न जान्नुपर्छ भन्ने दाइले नै बुझेनन् । रवि दाइ भन्नुहुन्थ्यो, ‘मुकुल, तिम्रा कुरा बुझ्ने तरिका म अरूलाई पनि सिकाउँछु ।’ तर, परिस्थिति बदलिँदै गयो, मेरा कुरा अन्तिममा दाइले नै बुझ्न सक्नु भएन । मैले भनेको थिए, ‘तपाईंको जीवी राईसँगको मौखिक समझदारी के छ, त्यसले फरक पार्दैन, कानूनमा कागजले बोल्छ, यहाँ कागजले समस्या पारेको छ ।’ तर, रवि दाइलाई यी खेलाडीहरूले यति बुरूक्क उफारिसकेका रहेछन् कि, मैले भुँइबाट चिच्याएको सुन्नु नै भएन । काश, यदि रवि दाइले मैले सावधान गराएको कुरा बुझेको भए, स्थिति फरक हुन्थ्यो ।
हिरासतमा परेपछि पनि मैले रवि दाइलाई भेट्न खोजे, कानूनी पाटोमा सहयोग गर्न पनि खोजे तर, रवि दाइलाई घेरा हालिसकेका रहेछन्, भेट्न पनि दिएनन् । राजनीतिक रूपमा आफ्नो ठाउँ होला । तर, वर्षौं काम गरेको, मानवीयताको नाताले पनि भेट्न पाउनपर्छ भन्दा पनि खै, रवि दाइको कानमा के के भरे, सामान्य भेट पनि दिएनन् । यिनीहरू जसरी पनि रवि दाइलाई जेल हाल्नमा कम्मर कसेर लागे र आरोप जति ममाथि खनाए । म त बाहिर छु, ६ महिनादेखि तर, पनि आरोप लागिरह्यो । म भनिरहे, मैले सावधान गराइरहे तर, कहिले गँजेडी र कहिले हैसियत के भनेर मविरूद्ध जनतालाई गुम्राहामा पारिरहे, मेरा कुरामा रवि दाइलाई एकछिन सोँच्न पनि दिएनन् । यदि मेरा कुरा गम्भीर भएर सोँचेको भए, आजको स्थिति विलकुल फरक हुन्थ्यो ।
(तस्बिरमा असार १७, २०७९ मा पार्टी दर्ता भएको प्रमाणपत्र सहित रवि दाइ, म र डीपी सर)
फेसबुकबाट तपाईको प्रतिक्रिया