नेपालमा समेत धक्का दिएको भूकम्पबाट चीनमा ३६ जनाको मृत्यु
काठमाडौं । नेपालमा समेत धक्का महशुस भएको चीनको तिब्बतस्थित दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी चीनमा ३६ जनाको मृत्यु भएको छ ।
मंगबालर बिहान गएको भूकम्पबाट हालसम्म ३६ जनाको मृत्यु भएको चाइना ग्लोबल टेलिभिजन नेटवर्क सिजिटिएनले जनाएको छ ।
अमेरिकी भौगर्भिक सर्भेक्षणले तिब्बतमा गएको भूकम्प ७ दशमल १ म्याग्निच्युड रहेको जनाएको छ । सिजिटिएनले भने ६ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
भूकम्प लगत्तै चीनले तीन तहको आपतकालीन प्रतिक्रिया प्रणालीलाई सक्रिय बनाउँदै उद्दार तथा राहतका लागि टोली नै खटाइसकेको जनाइएको छ ।
भूकम्पले नेपालमा पनि धक्का दिएको छ । काठमाडौं उपत्यकासम्म लामो झट्का महशुस गरिएको छ । बिहानै घर हल्लिएपछि मानिसहरू घरबाट बाहिर निस्किएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया